८ मंसिर २०८३, मंगलबार

संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश, नेमकिपाका सांसदले गरे नाराबाजी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सरकारले मधेसवादी दलहरुसँग भएको सहमतिका आधारमा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ ।

व्यवस्थापिका संसदको सोमबार बैठकमासरकारका तर्फबाट कानूनमन्त्री अजय शंकर नायकले संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचनको वातारण बनाउन र मधेसवादी दलहरुलाई चुनावमा सहभागी गराउन प्रस्ताव पेश गरिएको मन्त्री नायकले स्पष्ट पारे ।

संविधानको दोस्रो संशोधन विधेयक पेश हुँदा प्रमुख प्रतिपक्षी दल एमाले मौन बस्यो भने नेपाल मजदुर किसान पार्टीका सांसदहरुले विरोधमा संसदमा नाराबाजी गरे ।

यसअघिको प्रस्तावमा मधेसवादी दल सहमत नभएको र राष्ट्रघाति भन्दै एमालेले चर्काे विरोध गरेपछि सरकारले संसदबाट फिर्ता लिएको थियो ।