८ मंसिर २०८३, मंगलबार

डीआईजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सिलवाललाई सोमबार विहान प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको थियो । सिलवाल पक्राउ परेपछि उनको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेश दिइएको हो ।