काठमाडौं, ११ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाति भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।
सोमबार बसेको संसद बैठकमा विधेयकको विरोध गर्दै उनले नागरिकताका विषयमा आपत्ति जनाए । उनले नेपालको नागरिकता बसको टिकट दिएजस्तो सस्तो होइन् भन्दै सजिलै नागरिकता बाड्न नहुने बताए ।
उनले भने– ‘संविधान संशोधनका नाममा नागरिकतालाई बसको टिकट जस्तै सस्तो दिने ? दिनुहुँदैन् यो गलत छ । संशोधन राष्ट्रघाति छ, देशको हितमा छैन् ।’











प्रतिक्रिया