काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आफूलाई पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् । उनले रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गरेका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले हेर्ने गरी आजै पेशी तोकिएको छ । यसअघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लिएको थियो ।
प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने डीआईजी सिलवाललाई पक्राउ गरेको नभई छानबिनका लागि बोलाएको बताएका छन् ।











प्रतिक्रिया