
काठमाडौं, ११ बैशाख । नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयलाई अस्वीकार गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको स्थायी समिति बैठकले बैशाख ३१ र जेठ ३१ गते गरि दुई चरणमा चुनाव गर्ने सरकारी निर्णय अस्वीकार गरेको हो ।
एमालले बैशाख ३१ गते नै एकै चरणमा निर्वाचन गर्नुपर्ने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । दुई चरणमा चुनाव गर्न खोजेर देशलाई अस्थिरतातिर धकेल्न खोजेको एमालेको निस्कर्ष छ ।
यद्यपी बजेट रोकिएको अवस्थामा दोस्रो चरणको निर्वाचनमा जान सकिने संकेत भने दिएको छ । उसले दोस्रो चरणको निर्वाचन जेठ ३१ गते अघिनै बजेट ल्याएर निर्वाचन प्रभावित पार्न खोजिएको समेत बताएको छ । दोस्रो चरणको निर्वाचन अघि बजेट ल्याएमा निर्वाचनको मत परिणाम तलमाथि गर्ने प्रयास हुने डर एमालेलाई छ ।
साथै, बैठकले संविधान संशोधन प्रस्ताव सत्ता साझेदारीका लागि मात्रै ल्याइएको निस्कर्ष निकालेको छ । यो सहमतीलाई कुनैपनि हालतमा नमान्य एमालले जनाएको छ ।











प्रतिक्रिया