८ मंसिर २०८३, मंगलबार

एमालेको बैठक बालकोटमा जारी, गम्भीर निर्णय गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारी निर्णय भए लगत्तै प्रमुख विपक्षी दल एमालेले सो विषयमा छलफल गर्न स्थायी समितिको बैठक बसिरहेको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा दुई चरणमा गर्ने भनिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले मुलुकको परिवर्तित अवस्थाका साथै मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय कमिटीको बैठकका विषयमा एजेन्डा तयार गर्नेछ ।

एमालेले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते एक चरणमा गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई रुचाएको छैन ।

एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि बजेट ल्याउने सरकारको तयारीको पनि विरोध गरेको छ । एमालेका नेताहरूले निर्वाचन अगाडि बजेट ल्याइयो भने त्यसलाई नमान्ने चेतावनी दिइसकेका छन् ।