सोल । वडादसैं २०७१ को अवसरमा नेपाली दूतावास दक्षिण कोरिया र एनआरएन कोरिया आयोजना गरेको एम्बेस्टर कप फुटबल प्रतियोगिताको उपाधि लमजुङ फुटबल क्लबले जितेको छ।
फाइनल खेलमा दुबैबीच गोलरहित बराबरी भएपछि ट्राइबेकरमा लमजुङले धरानलाई ५-३ गोल अन्तरले पराजित गरेहो हो। कास्की फुटबल क्लबले एभरेष्ट फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ।
प्रथम हुने लमजुङ एफसीले शिल्डसहित २५ लाख वन जितेको हो। दोस्रो हुने धरानले १० लाख र तेस्रो हुने कास्कीले ५ लाख हात पारेको छ। आइतबार सम्पन्न खेलमा कोरियामा रहेका नेपालीहरुको १८ टिमको सहभागिता थियो ।














प्रतिक्रिया