८ मंसिर २०८३, मंगलबार

केपी ओलीविरुद्ध महन्थ ठाकुरले यसरी गरे ‘विषबमन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० वैशाख । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओलीलाई मधेसले नागरिकता दिने बताएका छन् ।

मोर्चा र संघीय गठबन्धनले आइतबार विराटनगरमा आयोजना गरेको विरोध सभामा बोल्दै ठाकुरले ओलीलाई नागरिकता दिने विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

आफूहरूलाई बाहिरिया भन्ने केपी ओलीले आफ्ना पूर्वज पनि काश्मिर, गढवालबाट आएर ताप्लेजुङ र तेह्रथुममा बसेको भन्ने गरेको उनले बताए ।

ठाकुरले भने, ‘को बाहिरबाट आएको हो ? ओली जीले नै भन्नुहोस ? हामी कहिलेदेखि यहाँ छौं खोज्नुहोस् तपाई मधेसमा आउनु भएको छ, अब मधेसको नागरिकता हामी दिन्छौं । हामी यहींका हौं तपाईंहरू बाहिरको हो ।’

ओलीले ५५ वर्षदेखि आफू मधेसमा बस्दै आएको बताउने गरेकोले अब मधेसले उनलाई पनि नागरिकता दिने अध्यक्ष ठाकुरले भनाइ थियो ।