विराटनगर, १० वैशाख । सरकारसँग भएको सहमतिको मसी सुक्न नपाउँदै मधेसी मोर्चाका शीर्ष नेताले स्थानीय तहको निर्वाचनमा जाने कुनै पनि सहमति नभएको दाबी गरेका छन् ।
मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार विराटनगरमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा जाने गरेर सरकारसँग कुनै पनि सम्झौता नभएको बताएका हुन् । उनीले संविधान संशोधन नभए चुनावमा नजाने बताए ।
अध्यक्ष यादवले मिडियाले सहमति भयो भनेर आंतक मच्चाएको आरोप लगाए । उनले भने, ‘हाम्रा साथीले प्रधानमन्त्रीलाई यो संविधान संशोधन गर्नुहोस् भन्नु भएको छ । सहमति गरेको होइन ।’
अध्यक्ष यादवको यो अभिव्यक्तिले सरकारसँग भएको भद्र सहमतिप्रति गम्भीर प्रश्न उब्जिएको छ । उनले चुनावका विषयमा दिएको विवादास्पत अभिव्यक्तिप्रति सत्तारुढ दलका नेताहरूले आशंका जनाएका छन् ।











प्रतिक्रिया