३ कार्तिक २०८३, मंगलबार

झापाको बुधवारेमा खुल्यो सनराइज बैंकको शाखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

झापा, १० वैशाख । झापाको बुधवारेमा सनराइज बैकको शाखा उद्घाटन गरिएको छ ।

बैकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र झापा उद्योग बाणिज्य सघ बुधवारेका अध्यक्ष गोविन्द पौडेलले रिवन काटेर एक कार्यक्रमका बीच बैकको उद्घाटन गर्नु भएको हो ।

अब झापाको बुद्दशान्ति गाँउपालिकामा पहिलो पल्ट लकरसहितको एटिएम सेवा सहितको बैंकको स्थापना भएको छ । सनराइज बैकको ६९औ शाखाको रुपमा यो बुधवारेमा उद्घाटन गर्न सकिएको बताउँदै बैकका कार्यकारी अधिकृत (सिइओ) रत्नराज बज्राचार्यले नेपालभर हाल सम्म चुक्ता पुँजी ५अर्व ४५करोड रुपैया, ५८ अर्ब रुपैया निक्षेप सकँलन र ५० अर्व रुपैया भन्दा धेरै कर्जा लगानी गर्न सकिएको जानकारी दिनुभयो ।

आफनो व्याजदर अन्य बैकभन्दा कम भएकोले पनि स्थापना भएको दश वर्षमा ४लाख धेरै ग्राहक बनाउन सफल भएको उहाँले बताउनु भयो ।

नेपाल भर ९ सय कर्मचारी रहेको सनराइज बैकको एटिएम कार्डले भारत भर सेवा लिन सकिने नायव महाप्रवन्धक रविन कुमार नेपालले जानकारी गराउनु भयो ।

उद्घाटन समारोहमा अञ्चल प्रहरी कार्यलय मेचीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पिताम्वर अधिकारीले एटिएमको उद्घाटन गर्नू भएको थियो भने कार्यक्रममा बैकका शाखा प्रवन्धक तेज बहादुर मगरले बैंकले दिने सुविधा तथा अन्य जानकारी गराउनु भएको थियो । बैकले विमा सहितको सुरक्षित घरकर्जा लगायतका बारेमा सर्वसाधरणलाई जानकारी समेत गराएको थियो ।