
बैशाख १०, पोखरा । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारीले दुई चरणमा चुनाव गराउने कुरा चुनाब टार्ने षड्यन्त्र भएको बताएका छन् ।
पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले किस्तामा गरिने चुनाबको युवा संघले कडा प्रतिबाद गर्ने बताए । उनले हिजो दुई चरणमा चुनाब गर्न भएको सहमतीले नेपाललाई सिक्किमीकरण गर्न खोजिएको र यसलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।
नेकपा एमालेको लोकप्रियता देखेर अत्तालिएका देशी बिदेशी शक्तिहरु चुनाब गराउन नखोजिरहेको बताए । उनले युवा संघ हातमा दही जमाएर नबसेकाले अब चुनाव सार्ने षड्यन्त्रका बिरुद्ध अघि बढ्ने बताए ।
प्रधानमन्त्रीको कुर्ची र सत्ता जोगाउन मुलुक समाप्त गर्न खोज्ने कांग्रेस र माओबादी केन्द्रलाई जनताले चिनिसकेको भन्दै उनीहरुको असली हैसियत देखिने दाबी गरे । साथै उनले आगामी दिनमा हुने निर्वाचनमा सक्रिय भएर लाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।











प्रतिक्रिया