८ मंसिर २०८३, मंगलबार

दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने औपचारिक निर्णय

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० बैशाख । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शनिबार मधेसी मोर्चा र संघीय गठबन्धनसँग भएको तीन बुँदे समझदारी अनुसार सरकारले जेठ ३१ गतेनै ३१ दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।

त्यस्तै, पहिलो चरणको निर्वाचन बैशाख ३१ गरिने भएको छ । योसंगै अब बैशाख ३१ र जेठ ३१ गते गरेर दुई चरणमा निर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को निर्णअनुसार प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते तथा प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते स्थानीय तहको चुनाव गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधि मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले प्रदेशको सिफारिसको आधारमा प्रदेशको सीमांकन हेरफेर गर्न सकिने निर्णय गरेको छ । यसअघि भने सीमांकन हेरफेर गर्दा सबै प्रदेशको परामर्श आवश्यक रहने व्यवस्था रहेको थियो ।

यस्तै संशोधन प्रस्ताव परिमार्जनसहित संसदमा प्रस्तुत गर्ने र त्यसलाई फास्टट्रयाकमार्फत पारित गराउने पनि बैठकले निर्णय गरेको छ । संशोधन प्रस्ताव पारित भइसकेपछि सीमांकन आयोग गठन गर्ने निर्णय समेत गरेको छ भने परिमार्जनसहितको संशोधन प्रस्तावलाई स्वीकार गर्न प्रतिपक्षी दलसँग आग्रह गरेको छ ।

यस्तै संघीय आयोगमा समानुपातिक र समावेशी शब्दावली थप्ने निर्णय पनि बैठकले निर्णय गरेको छ । प्रदेश नम्बर २ र ५ मा स्थानीय तह थप्नको लागि अध्ययन गर्न बनाइएको कार्यदलको समयावधि थप गर्ने निर्णय भएको छ ।

उपप्रम तथा संघीय मामिला एवम् स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा बनेको उक्त कमिटीमा अरु असन्तुष्ट दलहरुलाई पनि सहभागि बनाइने समेत सरकारको निर्णय छ ।