
काठमाडौं, १० बैशाख । आज विहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोृट पुगेका छन् ।
बैठक पूर्वनिर्धातिर समय भन्दा पर सारेर उनी ओलीसंग छलफल गर्न भन्दै ओली निवास बालकोट पुगेका हुन् ।
संविधान संशोधन, स्थानीय निर्वाचनलगायतका विषयमा कुरा गर्न भन्दै प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न पुगेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एमालेले सरकार र मोर्चाबीचको सहमतीबारे अनभिज्ञता प्रकट गरेपछि त्यसै विषयमा छलफल गरेर सहमती जुटाउने प्रयासमा प्रधानमन्त्री रहेको सचिवालयले जानकारी दिएको छ ।











प्रतिक्रिया