वाशिंगटन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा डिसी महानगर क्षेत्रको भर्जिनियामा सुरु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका खानेपानीमन्त्री जीवनबहादुर शाही पानसमा बत्ती बालेर उद्घाटन गरे ।
सभाको सभापतित्व सभापति आनन्द बिष्टले गरेका छन् । कार्यक्रममा यस भेकका चर्चित तथा राजनैतिक दलका विभिन्न बिदेशीहरुलाई पनि आमन्त्रण गरिएको छ ।
सभामा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रीय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मूल तयारी समिति गठन गरिएको छ ।
वार्षिक साधारण सभा सम्पन्न गर्नका लागि मूल व्यवस्थापन समिति मनोनयनसंगै स्थानीयस्तरमा उपसमिति गठन गरिएको छ ।
















प्रतिक्रिया