१ कार्तिक २०८३, आइतबार

तनहुँ समाज कतारको बनभोज कार्यक्रमको तयारी पूरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भोला थापा क्षेत्री

दोहा । तनहुँ समाज कतारले आयोजन गरेको बनोभोज तथा सागितिक कार्यक्रममा लोक दोहोरी गायिका कुमारी थापा र गायक रित कुमारले बेजोड प्रस्तुति गर्ने भएका छन् ।

कतारको दोहा शहरदेखि करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलिस्थित अलदार क्लबमा हुने कार्यक्रमा आफ्नो प्रस्तुति पस्कन नेपालदेखि लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आइरहेकी तनहुँ बन्दिपुरकी गायिका कुमारी थापा कतार आउने भएकी छन् । कतारमा रहेर लोक दोहोरी क्षेत्रमा गहिरो छाप छोड्दै आइरहेका लोक दोहोरी गायक रित कुमारले उनलाई साथ दिने भएका छन् ।

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुवासीको सकृय साझा संस्था तनहु सेवा समाज कतारले गत २१ अप्रेल शुक्रबारका दिन संस्थाको भेलाले उक्त कार्यक्रमको पूर्ण तयारी भएको कार्यक्रम संयोजक केश मगरले बताए ।

मगरले विगतका दिन भन्दा तनहु सेवा समाजले छुट्टै मनोरञ्जन तरिकाले गर्ने कार्यक्रमको हालसम्मा करिब चार सय टिकट बिक्रीवितरण भईसकेको बताएका छन् ।

पहिलो पल्ट आफ्नो प्रस्तुति पस्कन कतार आउदै गरेकी गायिक कुमारीले आफ्नो प्रस्तुतिले तनहु बासी तथा गैह्र तनहुबासीलाई भरपुर मनोरञ्जन दिने बताएकी छन् । कतारको माहोलमा चर्चा चुम्न सफल लोक दोहोरी गायक श्रेष्ठले आफ्नै जिल्लाबासी कार्यक्रममा र नेपालबाट निम्ताएकी जिल्लाबासी अतिथी कलाकार कुमारीसंग आफ्नो प्रस्तुति पस्कन पाउदा खुसी तुल्याएको बताएका छन् ।