८ मंसिर २०८३, मंगलबार

मधेसी मोर्चा र गठबन्धनको बैठक बस्ने तयारी हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । सहमतिअनुसार सरकारले संविधान संशोधनको विधेयकमा परिमार्जन गरेपछि आन्दोलनका स्थागन र सत्तारुढ दलहरूसँग भएको सम्झौताबारे छलफल गर्न संघीय गठबन्धनको बैठक बस्ने भएको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा सरकारसँग शनिबार राति भएको सहमतिका विषयमा छलफल हुनेछ । बैठकमा आन्दोलन स्थगनका बारेमा पनि छलफल हुने राष्ट्रिय जनता पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले आज मन्त्रिपरिषदबाट गर्ने निर्णयअनुसार गठबन्धनले पनि निर्णय गर्ने बताए । बैठकको समय भने तय भइसकेको छैन ।