८ मंसिर २०८३, मंगलबार

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकार र मधेसी मोर्चा सहमत (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । सरकार र मधेसी मोर्चाबीच स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आन्दोलनरत मोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठकले चुनाव दुई चरणमा गर्ने निर्णय गरेको हो ।

बैशाख ३१ र जेठमा चुनाव गर्ने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार जेठको चुनाव कति गते गर्ने भन्ने निर्णय निर्वाचन आयोगसँग परामर्श गरेर गरिने छ ।

सरकारले मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन विधेयकमा परिमार्जन पनि गर्नेछ । यससँगै मधेसी मोर्चा पनि चुनावमा भाग लिन सहमत भएको छ ।

के के भयो सहमति ?

सहमतिअनुसार सीमाङ्कनको विषय अधिकार सम्पन्न संघीय आयोगले अन्तिम टुङ्गो लगाउने, भाषाका विषयमा भाषा आयोगको सिफारिसलाई संविधानको अनुसूचिमा राख्ने, नागरिकताका विषयमा सरकारले संसदमा पेश गरेको प्रस्तावलाई अघि बढाउने, मधेशमा जनसंख्यालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्र र स्थानीय तहको संख्या बढाउने सहमति भएको छ ।

बैठकमा सरकारद्धारा बैशाख ३१ गतेका लागि घोषणा गरेको मितिमै पहिलो चरणको स्थानीय तहको निर्वाचन गर्ने तोकिएकै मितिमा गर्ने सहमति भएको छ । दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा सरकारले तोक्ने सहमति पनि बैठकले गरेको छ । सहमतिसँगै संघीय गठबन्धनले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।

सरकार र संघीय गठबन्धन बीच भएको सहमति आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्नेछ । निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले तोक्ने र सहमति अनुसार संविधान संशोधन प्रस्ताव द्रुत मार्गबाट पारित गर्ने सहमति पनि बैठकले गरेको छ ।

के-के भए सहमति ? भिडियोमा हेर्नुस्: