१ कार्तिक २०८३, आइतबार

नेपालीले यसरी मनाए माल्दिभ्सबासीमा नयाँ वर्ष

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


माल्दिभ्स । बैदेशिक रोजगारीको सिलसिलामा माल्दिभ्स पुगेका नेपालीहरुले नेपाली वनभोज कार्यक्रमको आयोजना गरे नेपाली नयाँ वर्ष २०७४ भव्यताका साथ मनाएका छन् ।

बाँके बर्दिया राइजिङ्ग स्टार माल्दिभ्सको आयोजनामा भएको वनभोज कार्यक्रममा अन्य गतिविधिहरु पनि गरेका थिए । बाँके बर्दिया राइजिङ्ग स्टार माल्दिभ्सले पहिलो पटक यसरी आयोजना गरेको वनभोज कार्यक्रममा रोजगारीको सिलसिलामा माल्दिभ्स पुगेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

राइजिङ्ग स्टारका अध्यक्ष ईन्द्र सापकोटाले वनभोज कार्यक्रममा आएका अतिथीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै नाँचगान, भाग्य चिट्ठा लगायतका कार्यक्रमहरु पनि आयोजना गरिएका थिए । प्रतियोगिताका विजेता तथा उपविजेतालाई राइजिङ्ग स्टार माल्दिभ्सका संयोजक सानुमाया थापा लिम्बुले सिल्ड तथा पुरुस्कार वितरण गरेकी थिइन् ।