१ कार्तिक २०८३, आइतबार

साझा सद्भाव समुह दोहाको परिचयात्मक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । साझा सद्भाव समूह कतारले आफ्ना बिभिन्न पाँच समूहलाई बिस्तारित गर्दै आफ्नो पहिलो भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

दोहास्थित एक हलमा आयोजित उक्त भेला तथा परिचयात्मक कार्यक्रमलाई समुहका अग्रणी व्यक्तित्व तथा तत्कालिन समयमा स्थापनार्थ तल्लीन ब्यक्तित्व नारायण बिष्टले सभापतित्व गरेका थिए ।

उक्त कार्यक्रमलाई समूहका सँयोजक राजन कुमार सापकोटाले प्रमुख आतिथ्यता प्रदान गरेका थिए । कार्यक्रममा पाँचै समूहका संयोजक तथा उपसंयोजकहरु विशेष अतिथिका रुपमा आसिन थिए ।

विभिन्न इकाईहरुबाट उपस्थित समूहका सम्पूर्ण सदस्यहरुलाई सम्मान गर्दै आशन ग्रहण गराईएको थियो भने सबै ईकाईहरुका संयोजक तथा उपसंयोजकहरुले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए ।

सबैको मन्तब्यमा साझारुपमा एकै भाब बर्तमान राजनिती र सरकार प्रति रुष्टता अनि साझा सदभाब प्रति नम्रता प्रकट भएका थिए ।

बिभिन्न तह र तप्काका ब्यक्तित्वहरु साझा सद्भाब शमुह कतारमा आबद्ध छन् । बिभिन्न ईलाका क्षत्रमा उनिहरुले एक एक शमुह बनाउँदै अहिले सम्म पाँच शमुह स्थापना गरिसकेका छन् ।

स्वत स्फुर्त रुपमा गठन भएका ई शमुहहरुका आँखामा शमुन्नत देश अनि सवल राष्टको सपना रहेको पाईयो । बर्तमान राज्य ब्याबस्थाबाट आजित बनि प्रबासियका प्रबासीहरु जसरी बिदेशमा बिभिन्न क्षत्रमा अब्बल छन अनि उनिहरुले सोहि अब्बलता देशमा देखाउने या गर्ने मौका पाएमा देश बन्न खासै समय लाग्दैन । देशले दक्ष होनहार जनशक्ती दिन प्रतिदिन गुमाउँदै छ ।

साझा सद्भाब शमुहका सँयोजक तथा उपसँयोजकहरुले आफ्नो मन्तब्यको हरेक शब्दमा रबिन्द्र मिश्रप्रति ठुलो आस तथा सपनाहरु देखाए ।

यसै बिच उदयमान हुदै गरेको साझा पार्टीप्रति सर्बसाधरण तथा देश बिदेशबाट जुट्ने क्रम दु्रत गतिमा भईरहेको छ एक आसलाग्दो किरण बनेर चम्कीरहेका छन रबिन्द्र मिश्र बर्तमान राजनैतीक परीबेशमा त्यसैको फलस्वरुप बिभिन्न क्षत्रमा देशमा बिदेशमा यस्ता खालका शमुहहरु गठन हुदै गरेका छन भन्ने कुराको प्रसँग उनिहरुले जोडे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजन कुमार सापकोटाले बर्तमान राज्यब्याबस्था र बर्तमान राजनैतिक परिपाटीले देश पचासौँ बर्ष सम्म पनि नबन्ने भन्दै साझा पार्टीको चार बुँदा चार खम्बा रहेको जनाए । पद्दती, पारदर्शिता, ईमान्दारी उत्कृष्टताको ब्याख्या गर्दै सापकोटाले देशमा अहिलेको ब्यबस्थाको अन्त गर्नुपर्छ र नयाँ धारको सुरुवात हुनुपर्छ जस्को बिन्दु साझा पार्टी हो भन्ने उक्ती जोडेका थिए ।

कार्यक्रम साँझ ७ बजे अबेर सुरु भई रात्रिभोज सँगै मध्यरातमा समाप्त भएको थियो कार्यक्रमलाई राजन दहालले सँचालन गरेका थिए ।