काठमाडौं, ९ वैशाख । संविधान संशोधन विधेयकमा सहमति जुटाएर निर्वाचनको वातावरण मिलाउन सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूबीच आज पनि वार्ता हुँदै छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह साढे दुई बजे बस्ने सत्तारुढ दल र मोर्चाका शीर्ष नेताहरूको बैठकमा सहमतिका लागि कार्यदलले तयार पार्ने प्रस्तावमा छलफल हुनेछ । कार्यदलले बिहानैदेखि आफ्नो काम सुरु गरेको छ ।
कार्यदलले संविधान संशोधनलाई छिटो माध्यमद्वारा पारित गर्ने, भाषा, नागरिकतासहितका विषयमा परिमार्जनका लागि सुझाव दिनेछ ।
यसअघि शुक्रबार बसेको सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक सहमति नजिक पुगेपछि कार्यदल बनाइएको थियो ।
सत्तारुढ दल र मधेसी मोर्चाले संविधान संशोधनको विधेयक र सहमति गर्ने भनिएका विषयमा एमालेसँग औपचारिक रुपमा परामर्श गरेका छैनन् । एमालेका नेता भीम रावलले यस विषयमा आफूसँग कुनै परामर्श नगरेको टिप्पणी गरिसकेका छन् ।











प्रतिक्रिया