२९ आश्विन २०८३, बिहिबार

स्विडेनको स्टकहोल्ममा दशैंको चहलपहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्कटहोल्म । गैरआवासीय नेपाली सङ्घ र हेल्प नेपाल नेटवर्क स्विडेनको संयुक्त आयोजनामा शनिबार राजधानी स्टकहोल्ममा बडादसैँ कार्यक्रम आयोजना गरियो ।

स्थानीय म्याण्डारिन प्याराडाइज रेष्टुरेन्टमा आयोजित दसैँ कार्यक्रममा टीकाटालो, गायन, नृत्यजस्ता विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

एनआरएनए स्विडेनकी अध्यक्ष शिखा आचार्यको स्वागत मन्तव्यबाट सुरु गरिएको दसैँ कार्यक्रममा स्विडेन नेपाल मैत्री सङ्घका अध्यक्ष डा कटक मल्ल, हेल्प नेपालका उपाध्यक्ष विकास शाक्य, नेपाल मण्डलका सुवास अधिकारी र एनआरएनए स्विडेनका पूर्व उपाध्यक्ष डा वृजेश मैनालीले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैभन्दा पाका शिरोमणि उपाध्याय र विणा उपाध्यायले आगन्तुकहरूलाई टीका लगाइदिनुभएको थियो ।