८ मंसिर २०८३, मंगलबार

माओवादीले काठमाडौं महानगरमा मेयर बनाउने भनेपछि कुलमानको कडा प्रतिक्रिया

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय निकायको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरको मेयरमा उठाउने बहस पार्टीभित्र गरिरहेका बेला घिसिङले विहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट गरेका हुन् ।

आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताउँदै कुलमानले ऊर्जा क्षेत्रमा सक्रिय आफू अहिले यसबाट बिचलित नहुने उद्घोष गरेका छन् ।

उनले लेखेका छन्– ‘मेरो लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो छ । म कहिँ कतै बिचलित हुने छैन ।’