
काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज दिउँसो निर्वाचन आयोगमा डेलिगेसन दिने भएको छ ।
सरकारका मन्त्री र सत्तारुढ दलबाट निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भएको भन्दै त्यसलाई रोक्न एमालेको टोली आयोग पुगेर ध्यानाकर्षण गराउन लागेको हो ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार संसदीय दलका उपनेता सुवा नेम्वाङको नेतृत्वमा एमाले टोली आज दिउँसो २ बजेर ३० मिनेट आचारसंहिताबारे ध्यानाकर्षण गराउन आयोग जाँदैछ ।











प्रतिक्रिया