काठमाडौं, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।
थाइल्याण्डको बैंककमा एक साताभन्दा बढी समय स्वास्थ्य उपचार गरेर विहिबार फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमाले कावा अध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले स्वागत गरे ।
ओली स्वास्थ्यको नियमित चेकजाँचका लागि झण्डै दुई साताअघि थाइल्याण्ड प्रस्थान गरेका थिए ।
अध्यक्ष ओलीलाई हर्नियाको समस्या पनि देखिएको थियो । ओलीको स्वास्थ्य पूर्ण रुपमा राम्रो रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
चैत २६ गते बैंकक प्रस्थान गरेका एमाले अध्यक्ष ओलीको चैत २७ गतेदेखि नियमित चेकजाँच सुरु भएको थियो ।
केही दिन आराम गरेपछि ओलीले स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा लाग्ने एमालेले जनाएको छ ।












प्रतिक्रिया