
काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको औपचारिक भ्रमण छोट्याएर नेपाल आउन लागेको चर्चा चलेपछि भारतस्थित नेपाली दूतावास बोल्न बाध्य भएको छ ।
दूतावासले राष्ट्रपति राजकीय भ्रमण छोट्याएर नेपाल फर्कने कुरालाई हल्लामात्रै भएको जनाएको छ । राष्ट्रपति भण्डारी मंगलबार भारत पुग्दा राज्यमन्त्री कृष्णाराजले रिसिभ गरेको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनी भ्रमण छोट्याएर आउन लागेको हल्ला चलेको थियो ।
राष्ट्रपति भारतका बिभिन्न कार्यक्रममा सरिक भइरहेकी छिन् । उनी शुक्रबार साँझ मात्र नेपाल फर्कने कार्यक्रम छ ।











प्रतिक्रिया