३० आश्विन २०८३, शुक्रबार

उत्तर कोरियालाई ‘साइज’मा ल्याउन यस्तो हुनुपर्छ अमेरिका र चीनको भूमिका

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सि जिन पिङको उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग फ्लोरिडा राज्यको मार–ए–लागोमा पहिलो भेट हुँदा भएको छलफलको एक भाग विश्वको गरिब राष्ट्रमध्येको एउटा देश उत्तर कोरियाका विषयमा केन्द्रित रह्यो ।

दुई दशक लामो समयमा पटक पटक भएका र बन्द भएका छलफलका बावजुद पनि उत्तर कोरियाको आणविक हतियार कार्यक्रमले विश्वलाई करिब साठी वर्ष पहिले अमेरिका र सोभियत सङ्घवीच यूरोपमा एकआपसमा मुठभेड गर्दा पश्चिमा राष्ट्रहरूले बेहोरेको जस्तो रणनैतिक ऐतिहासिक सङ्कटतिर धकेलिइरहेको छ ।

किम जोङ उनसँग अमेरिका ‘जिस्किनु’ भनेको प्योङयाङको आणविक हतियारलाई जिस्क्याउनु हो

अमेरिका र यसका सहयोगी मुलुकल बीसौं शताब्दीमा युद्धविना नै यूरोपको समस्यालाई सहज रूपमा सन्तुलनमा ल्याउन सफल भएका थिए । तर आज पूर्वी एसियामा तुलनात्मक सफलता पाउन अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सिलाई उत्तर कोरियाबारे नयाँ नीति अवलम्बन गर्न मनाउनु जरुरी हुनेछ ।

जव अमेरिका र सोभियत सङ्घ दोस्रो विश्वयुद्धपछि प्रतिस्पर्धी बने, एकले अर्कोलाई आक्रमणबाट जोगाउन एउटा बाटो पाए । सोभियत सङ्घसँग पश्चिम यूरोपलाई हराउन प्रयोग भएको आणविक हतियार विनाको नै विशाल सैन्य शक्तिको भरोसा थियो । उता अमेरिकाको आणविक हतियारमा रहेको एकाधिकारले गर्दा यूरोपबाट सोभियत सङ्घमा आक्रमण गर्न सजिलो थियो ।

त्यसपछि सन् १९५७ मा सोभियत सङ्घको स्पुटनिक नामक आणविक हतियारको आविस्कारले अमेरिकासम्म हान्न सकिने भएपछि अमेरिकी आणविक आक्रमणको एकाधिकारमाथि सङ्कट आयो । अमेरिकाद्वारा सोभियत सङ्घमाथि गरेको हमलाले अमेरिकी जमिनमाथि पनि आणविक आक्रमण हुनसक्ने सम्मभावना बढ्यो ।

पश्चिम यूरोपमा हुने आक्रमणको प्रतिक्रिया स्वरुप अमेरिकाले सोभियत सङ्घमा आक्रमण गर्ने छ भन्ने समस्याको निराकरण गर्ने विश्वसनीयताका लागि अमेरिका र यसका सहयोगी राष्ट्रवीच हतियार खरिद, प्रतिरक्षा, प्रसार र निवारणका चार किसिमका सम्भावित समाधान निकालियो ।

हतियार खरिद गर्ने प्रावधान सोभियत सङ्घको आणविक हतियार कार्यक्रम माथिको आक्रमण थियो र यसले तेस्रो विश्वयुद्ध शुरु गराउन सक्थ्यो । पछि जव सोभियत सङ्घ आणविक हतियारमा वृद्धि भयो । अमेरिकी सरकारले क्षेप्यास्त्र आक्रमणका विरुद्ध प्रतिरक्षा प्रणाली बनाउने विषयलाई अस्वीकार गर्यो । किनकि सोभियत सङ्घवाट आएका सबै आणविक विष्पोटलाई रोक्न अमेरिकी प्रतिरक्षा प्रणाली सफल हुने सम्भव थिएन । त्यसैले दुवै पक्षले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली वनाउन कोशिस नगर्नु नै सुरक्षित देखिन्थ्यो । तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको प्रशासनले सोभियत सङ्घसँग वार्ता गर्यो र सन १९७२ मा सोभियत–अमेरिकी क्षेप्यास्त्र विरोधि सम्झौतामा हस्ताक्षर गरे जसले सम्पूर्ण क्षेप्यास्त्र प्रणालीलाई नै निषेध गर्यो ।

सम्भौताको तेस्रो विकल्पले सुरक्षा खतराको सम्भावना रहेका मुलुकले आणविक हतियार अन्य मुलुक विरुद्ध प्रयोग नगर्ने शर्तमा राख्न पाउने अर्थात् यस्ता हतियार प्रतिरक्षाका लागि मात्र प्रयोग गर्न सकिने धारणाप्रति सहमति भयो । फ्रान्सका राष्ट्रपति चाल्र्स डे गाउलेले यो तर्कलाई आफ्नो देशको आणविक कार्यक्रमलाई पुष्टी गर्ने उद्देश्यले उठाउनुभयो । यद्यपि फ्रान्सलाई आणविक क्लवमा समावेश हुनका लागि उहाँसँग अन्य कारण पनि थिए । यस तर्कको आधारमा पश्चिम जर्मनीले पनि आणविक हतियार राख्न इच्छा प्रकट ग¥यो जसको आधारमा पछि जर्मनीलाई बिसौं शताब्दीको इतिहास रच्न सफल बनायो ।

त्यसैले पश्चिमेली मुलुकहरूले यथास्थितिमा रहनुपर्ने विकल्पलाई अवलम्वन गरे । अमेरिकाको निवारण सम्वन्धि नीतिलाई बढाउने र थप विश्वसनीय बनाउने सार्वजनिक एवम् लगातारका प्रतिवद्धता अमेरिकासँग चाहे ।

यसैगरी छ दशकपछि यस्तै किसिमको चुनौति कोरियाली प्रायद्वीपमा देखिएको छ । सन् १९५३ को कोरियाली युद्धको अन्त्यपछि अमेरिकी सैनिक उपस्थितिले उत्तर कोरियाको दक्षिण कोरिया विरोधि गतिविधिलाई नियन्त्रण गर्न सहयोग गरेको छ । तर कम्युनिष्ट राष्ट्र उत्तर कोरियाले अमेरिकी प्रभावलाई पनि नियन्त्रण गरेको छ । सैन्य गतिविधि निषेधित क्षेत्र नजीकै उत्तरले ठूलो मात्रामा सिमाक्षेत्रमा तैनाद गरेको हतियार यदि अमेरिकाको प्योङयाङ विरोधी आक्रमण भएको खण्डमा सोल र त्यहाँ बसोवास गर्ने करिब एक करोड जनसङ्ख्याको लागि खतरनाक हुनसक्छ ।

उत्तर कोरियाको आणविक हतियार कार्यक्रमले सन्तुलनमा रहेको वातावरणलाई विगार्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा लामो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको लगातारको परीक्षणले अमेरिकालाई पनि झस्काएको छ । उत्तरले विकास गरेका नयाँ हतियारले अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्रलाई निशाना बनाउन सक्छ । के अमेरिकाले सोलको सुरक्षाका लागि लस एन्जेल्समाथि खतरा मोल्न सक्छ ? अमेरिका र यसका एसियाली सहयोगीवीच साठी बर्ष पहिले यूरोप र अमेरिकाले झेलेका चार विकल्प सामना गर्दैछन् ।

उत्तर कोरियाली ३३ वर्षीय नेता किम जोङ उनसँग अमेरिका ‘जिस्किनु’ भनेको प्योङयाङको लामो दूरी हाननसक्ने आणविक हतियारलाई जिस्क्याउनु हो । अमेरिकी करोडौं नागरिकको शान्ति र सुरक्षा नेता उनको विवेकशीलतामा जोडिएको छ ।

विगतमा अमेरिकी सुरक्षाविद्ले यस किसिमको नतिजालाई अस्वीकार्य बताएका थिए र सन् २००६ मा तत्कालिन अमेरिकी रक्षामन्त्री विलियम पेरी र एस्टन कार्टरले वासिङटन पोष्टमा यदि उत्तर कोरियाले देशको कुनै पनि भागमा अमेरिकामाथि आक्रमण गर्नसक्ने आणविक हतियार तयार गरेको पाएमा अमेरिकाले कुनैपनि वेला यसलाई ध्वस्त गरिदिनुपर्ने बताउनुभएको थियो । यसो गर्नु दक्षिण कोरिया, जापानका साथै अमेरिकाको लागि खतरनाक हुन्छ ।

एविएम सम्झौताबाट पछि हट्दै अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाद गर्न लागिसकेको छ । रसियाजस्ता शक्तिशाली मुलुकले चाहेमा यो अर्थहीन वन्नसक्छ तर साना खालका हतियार नष्ट गर्न यो सफल हुनसक्छ । यसले पनि दक्षिण कोरिया, जापानजस्ता मुलुकमा नराम्रौ प्रभाव छोड्नसक्छ ।

तत्कालिन अवस्थामा फ्रान्सले गरेजस्तो जापान, दक्षिण कोरिया र ताइवानले आफ्ना आणविक हतियारको छिट्टै विकास गर्न सक्छन् तर यो प्रत्युद्य्पादक पनि हुन सक्छ ।

यसमा चीनले उत्तर कोरिया विरुद्ध आणविक कार्यक्रमका विषयमा अडान लिने हो भने खाद्यान्न तथा इन्धनमा पूर्णतया चीनसँग आश्रित उत्तर कोरिया आफ्ना गतिविधिलाई घटाउन वाध्य हुनेछ । रासस/प्रोजेक्ट सिन्डिकेट

(मिखाइल मेन्डेलवम जोन हकिन्स स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा अमेरिकी विदेश नीति मामिलाका अवकाशप्राप्त प्राध्यापक हुन् ।)