काभ्रे, ६ वैशाख । काभ्रेमा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले ठूलोपर्सेलमा आयोजना गरेको जनसभा र साँस्कृतिक कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका पूर्व प्लाटुन कमाण्डर पाल्देन लामा, वाइसीएलका क्षेत्रीय सदस्य पूर्ण लामा, पेम्बा तामाङ, मानकाजी मोक्तान, मुनिला लोप्चन, आशिष लामा छन् । यसैगरी नेपाली कांग्रेसबाट जयराम रानामगर, धनबहादुर रानामगर, गणेश रानामगर, सविन नेपाली, सपना रानामगर, बेदकुमार सिजाली लगायत ६ दर्जन नेपाली कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई एमाले काभ्रेका सचिव नारायण पाण्डेले स्वागत गरे । नवप्रवेशीहरुले अब देश विकासको एजेन्डा एमालेसंग मात्रै भएकाले आफूहरु एमालेमा प्रवेश गरेको धारणा राखेका छन् ।












प्रतिक्रिया