३ कार्तिक २०८३, मंगलबार

लक्ष्मी बैंकको अरेन्ज बचत खाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केहि नयाँ सेवा सुविधा सहित वार्षिक ७ प्रतिशत व्याजदरमा ग्राहक समक्ष प्रस्तुत गरेको छ, जुन बजारमा कायम व्याजदरहरुमा अधिकतम मध्ये हो ।

यस वचतका खाता काग्राहकहरुले रु ५ लाख कोन्युनतम मौज्दात कायम राखी कुनै थप सेवाशुल्क बिना नै रु १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ्ग सुविधामा छुट पाउने व्यवस्था रहेको छ । साथै, न्युनतम मौज्दात भन्दा माथी भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्सड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरिएको छ ।

यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य वचतखाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर बृद्वि गरी साधारण वचत खातामा ५ प्रतिशत र बिशेष वचतखाताहरुमा ६ प्रतिशतसम्म व्याज दिने घोषणा गरेको छ ।