१ कार्तिक २०८३, आइतबार

फेसबुकबाट ठगिए यसो गर्नुस्, सिआईबीले गर्नेछ सहयोग

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सामाजिक सञ्जालमार्फत ठगिए उजुरी गर्न आह्वान गरेको छ ।

विगत केही समय यता फेसबुक लगायतका अन्य सामाजिक संजालहरु मार्फत अपरिचित व्यक्तिहरुले Friend request (साथी हुन अनुरोध) पठाई request accept (अनुरोध स्विकार) भए पश्चात आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने, बिदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, आफन्त तथा साथीभाईको समस्या देखाई पैसा माग्ने, सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने तथा विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने, भारत लगायतका अन्य मुलुकका अध्यागमन कार्यालयमा तपाईको पार्शल आएको छ, कर नतिरेको हुँदा पार्शल रोकिएको छ भनी पार्शलको फोटो पठाउने तथा सो बापत कर तिर्नुपर्छ भनी आइएमई मार्फत नेपाल भित्र तथा भारतका विभिन्न आइएमईमा पैसा हाल्न लगाई ठगी गर्ने गिरोह सक्रिय भई ठगी गरिरहेको सूचना उजुरी विभिन्न प्रहरी कार्यालयहरु तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत आइरहेको हुँदा यस्ता किसिमका प्रलोभनमा नपरी ठगी हुनबाट बच्न सम्पूर्ण नागरिकमा केन्द्रीय अनुसन्धान व्यूरोले अनुरोध समेत गरेको छ ।

साथै कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नुहुन वा व्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन समेत अनुरोध गरिएको छ ।