काठमाडौं, ६ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख पाँच दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकबीच छलफल हुनेछ । छलफलमा समग्र राजनीतिक विषयमा छलफल हुने बुझिएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहालले प्रमुख दलहरूको बैठक बोलाएका हुन् ।
बैठकमा मधेसी मोर्चाको माग र संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।
निर्वाचनका विषयमा विभिन्न आशंका चलिरहेका बेला प्रमुख पाँच ठूला दलको बैठकले केही ठोस निर्णय गर्न सक्ने बुझिएको छ ।











प्रतिक्रिया