८ मंसिर २०८३, मंगलबार

बैशाख ३१ मा चुनाव नहुने ज्योतिषको ठोकुवा (भिडियोसहित)

14.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । ज्योतिषहरुले सरकारले बैशाख ३१ गते गर्ने भनेको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा बोल्दै ज्योतिष डा. सुनिल सिटौलाले आगामी मंसिर १३ गतेभन्दा अघि चुनाव हुन नसक्ने दावी गरे । उनले सरकारले चुनावको मिति घोषणा गरेकै दिन आफूले चुनाव हुन नसक्ने भनेर दाबी गरको स्पष्ट पारे ।

उनले अहिले सबै ग्रह उल्टो घुमिरहेकाले यो समयमा निर्वाचन हुने दिन नजुरेको बताए । उनीसंगै धमलाको हमालामा सहभागी बनेका अका ज्योतिषी तान्त्रिक बिहंगमराज तिमिल्सिनाले ज्योतिषशास्त्रअनुसार यो समय चुनाव हुन सक्ने समय नभएपनि तान्त्रिक विधिबाट संकटमोचन गरेर तोकिएको मितिमा चुनाव गर्न सकिने बताए ।

साथै दुवै जनाले प्रचण्डपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । डा. सिटौलाले भने– मैले देउवाको कुण्डली हेरेको छैन, राशीअनुसार उहाँ भदौभित्रमा प्रधानमन्त्री हुने योग छ ।’

त्यस्तै तिमिल्सनाले अबको प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवा हुने बताए । यस्तै, उनीहरुले अब यो वर्ष देशमा कुनैपनि किसिमको प्रलय नआउने समेत बताएका छन् ।

भिडियोः

https://www.youtube.com/watch?v=g2OPGU3j2Tk