२९ आश्विन २०८३, बिहिबार

एएनए प्रतिनिधिसँग हात मिलाउँदै विनोदकुमार नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-thapa-binod-kumar

न्युयोर्क । अमेरिकामा नेपाली समुदायविरुद्ध भ्रम फैलाएको अभियोगमा अदालत धाइरहेका बिनोदकुमार कुमार नेपाल अन्ततः द नेप्लिज इन अमेरिका (एएनए) का प्रतिनिधिसँग हात मिलाउन बाध्य भएका छन् ।

एएनएका विरुद्ध भ्रम फैलाएको तथा वर्तमान नेतृत्वको मानहानी गरेको अभियोगमा सार्वजनिक मुद्दा खेपिरहेका नेपालले एएनएका निवर्तमान महासचिव विजय थापासँग सहमतिका लागि हात अगाडि बढाएका हुन् ।

नेपाली समुदायमाझ कहिल्यै ननिस्किएका नेपालले भुमिगत रुपमै ब्लगमार्फत भ्रम फैलाउने काम गरेका थिए । अहिले न्यु ह्याम्सर बसोबास गर्ने बताएका उनी निरन्तर डिसी अदालत आउनु पर्ने अवस्थामा छन् । एएनएका पूर्व महासचिव एवं संचारकर्मी थापा भने डिसी क्षेत्रमै बस्छन् ।

एएनएका अनुसार, बिनोदका वकिलले नै थापासंग परिचय गराएका थिए । उनीहरुबीच केही समय एएनएको मुद्दा र वर्तमान अवस्थाका विषयमा पनि छलफल भएको थियो । नेपालले अनुवादकको रुपमा एक महिला पनि लागेको थाहा भएको छ ।

एएनएले भने अहिलेसम्म कुनै वकिल राखेको छैन । एएनएका यसअघिका वकिलले पनि मुद्धा बहस नगर्ने अदालतलाई जानकारी दिइसकेका छन् । आफू उपस्थिति हुँदा मात्र मुद्धा न्यायधिशले आफ्नो पक्षमा सुनवाई गरिदिन्छ भनि उनि डिसी अदालत पुगेको अनुमान गरिएको छ । तर एएनएका प्रतिनिधिले सामाजिक संस्था भएकोले स्वयमसेवक रुपमा काम गर्नुपरेकोले अर्को वकिल खोजिरहेको र समय देउ भनि न्यायाधिसलार्इ कुरा राख्दा २ महिनापछिको मिति दिइएको बताइएको छ ।

उनका वकिलले न्यु ह्याम्पसायरबाट आएको, केही बोल्न र केही बिरोध गर्न न्यायधिशलाई भन्दा न्यायधिशले म कुनै कुरा सुन्न चाहन्न भनी अर्को मितिमा भेट्ने भनेकी थिइन । वादीलाई समय दिनु पर्छ भनि उनलाई अदालतले अर्को मितिमा आउनु भनि मिति र तिथि थमाई दिएको बुझिएको छ ।