१ कार्तिक २०८३, आइतबार

मुसहर बस्तीबाट रुँदै बिदा भए धुर्मुस–सुन्तली (फोटोफिचर)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ४ चैत । महोत्तरीस्थित मुसहर बस्तीबाट सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बिदा भएका छन् । ३ महिनामा घरबार बिहिन ५३ मुसहर परिवारलाई चिटिक्क परेका आकर्षक भूकम्पप्रतिरोधी घर दिएर उनीहरुले सोमबारदेखि बिदा लिएका हुन् ।

बैशाख १ गते नयाँ बर्षको पहिलो दिन पारेर एक औपचारिक समारोहका बिच उनीहरुले मुसहर समुदायलाई एकीककृत नमुना मुसहर बस्तीको हस्तान्तरण गरेका थिए ।

बिदाई हुँदै गर्दा धुर्मुसले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्– ‘नेपालका धर्ती पुत्र मुसहर दाजुभाई दिदीबहिनीहरुले गरेको विदाइको सम्मानले निकै भावुक बनायो । जुन खुशीका लागि हामीले काम गरेका थियौं, त्यो खुशीले सार्थकता पाएको हामीले महसुस गरेका छौं ।’

उनले सुन्दर घरसंगै उहाँहरुको जिन्दगी सफल बनोस् भन्ने सुभकामना समेत दिएका छन् । साथै मुसहरहरुको खुसीका लागि नमुना बस्ति बनाँउनका लागि सहयोग पुर्याउने सहयोगी हातहरुलाई शुभकामना दिएका छन् ।