३ कार्तिक २०८३, मंगलबार

विदेश गएका युवाले पाएको पीडा रेउलेको गीतमा झल्कियो (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक तथा दोहोरी गायक कृष्ण रेउलेले ‘परदेशी’ बोलको मार्मिक गीत रेडर्क गराएका छन् । आफ्नै गायन, शब्द र लय रहेको रेउलेको गीतको म्युजिक भिडियोमा पनि आफैले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा गायक रेउलेलाई मोडलिङमा करिश्माले साथ दिएकी छिन् । अत्यन्तै गाउँले भोषमा देखिएकी करिश्मा र विदेशमा श्रम गर्दै गरेको अभिनयमा देखिएका रेउलेको केमेष्ट्री भिडियोमा देख्न पाइन्छ ।

खाडी मुलुकहरूमा गएका लाखौँ युवाहरूको पीडालाई गीतमा रेउलेले जस्ताको त्यस्तै समेट्ने प्रयास गरेका छन् । आफ्नो देशको राजनीतिक समस्या र घरखर्च चलाउन भएको गाह्रोसारो तथा आफ्नी प्रेमिका (पत्नी)लाई छाडेर विदेश जाँदाको खिन्नतालाई गीतमा उतारिएको रेउलेले बताए ।

धेरै लोक तथा दोहोरी गीतमा आवाज दिइसकेका गायक रेउलेले भने, ‘बजारमा अहिले प्रसस्त गीतहरू आएका छन् । सबैले आफ्नै खालको भाव बोकेका हुन्छन् । मेरो गीतले पनि घर छाडेर खाडी मुलुक जाँदाको पीडा र बेदनालाई समेटेको छ ।’