८ मंसिर २०८३, मंगलबार

राजेन्द्र महतो र राजकुमार लेखीका पार्टीबीच एकता हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण हुँदैछ ।

काठमाडौंको मध्यबानेश्वरमा बुधबार अपरान्ह साढे एक बजे पार्टी एकीकरण हुन लागेको नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए । ‘आन्तरिक छलफल र सम्वादपछि सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच पार्टी एकीकरण हुन लागेको हो’, उनले भने ।

एकीकरणपछि पार्टीको नाम सद्भावना पार्टी नै रहनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार नागरिक समाजवादी पार्टीले सद्भावना पार्टीको नाम स्वीकार गरेर पार्टी एकता गर्न लागेको बताए ।

निर्वाचन कानूनले थ्रेस होल्ड र एउटै चुनाव नदिने व्यवस्था गरेपछि साना दलहरू मिल्न थालेका हुन् ।