८ मंसिर २०८३, मंगलबार

नवलपरासीमा दुर्घटना, दुईको मृत्यु, २३ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– सरु शर्मा

परासी, ५ वैशााख । नवलपरासी जिल्लामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मध्यबर्दघाटमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु थियो । सोही दुर्घटनामा ८ जना घाईते भएका छन् । घाइतेमध्य २ जनाको अवस्था गम्भीर छ ।

बर्दघाट नगरपालिका– ११ गैँडाहास्थित भित्री सडकखण्डमा गैँडाहाबाट बर्दघाटतर्फ आउँदै गरेको लु ३ त १०३९ नम्बरको ट्याक्टर मंगलबार बिहान साढे ६ बजे पल्टिँदा ट्याक्टरमा सवार भारत बिहार बहुअराव बस्ने अन्दाजी वर्ष ५५ का मदन महतोको मृत्यु भएको छ ।

ट्याक्टरमा सवार ८ जना घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला अस्पताल, दाउन्ने देवी सामुदायिक अस्पताल, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मंगलबार बिहान साढे ४ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ५ ख ८४३२ नम्बरको बस अनियन्त्रित भई मध्यबिन्दु नगरपालिका– ११ अरुणखोला जंगलमा पल्टिँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा बाँके जिल्ला बैजापुर गाउँपालिका– ४ बस्ने ४५ वर्षीय डिल्लीराज डाँगी रहेका छन् । दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।