चन्द्रौटा, ५ वैशाख । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा कपिलवस्तु जिल्लामा एमालेका स्थानीय थारु–मधेसी नेता र कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
एमाले पार्टी परित्याग गर्नेमा जगतदेव थारु, विजय जयसवाल, मंगल थारु, हीरालाल थारु, कल्लु थारु, अनिल सिंह थारुसहित एक सय बढी स्थानीय नेता तथा कार्यकर्ता छन् ।
पार्टी परित्याग गर्ने बेला उनीहरूले एमाले मुक्त मधेस बनाउन एमाले छाडेको बताए ।
विभिन्न समयमा एमालेले जातजाति भाषाधर्मको विषयमा भेदभाव गर्ने गरेकाले बाध्य भएर पार्टी छाड्नु परेको जनाएका छन् । पार्टी परित्याग गर्नेमा केही अन्य दलका कार्यकर्ता पनि छन् । तर, पार्टी छाड्नेमा धेरै एमालेका स्थानीय नेता तथा कार्यकर्ता छन् ।
अब एमालेसहितका प्रमुख दलमा आफूहरू प्रवेश नगर्ने स्थानीय जगतदेव थारुले बताए । उनले भने, ‘एमालेसहितका दलहरूलाई मधेसबाट विदाइ सुरु हुन्छ ।’
कपिलवस्तुको क्षेत्र न ४ र ५ मा क्रियाशील राजनीति गरिरहेका व्याक्तिहरू अब केही समय स्वतन्त्र रहने बताएका छन् ।











प्रतिक्रिया