काठमाडौं, ५ वैशाख । नेपाल परिवार दलले स्थानीय निकाय तहको निर्वाचनका लागि ३० बुँदे घोषणापत्र जारी गरेको छ ।
केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले ‘स्थानीय तहमा नमूना कामको लागि परिवार दलको साँचोमा मतदान’ भन्ने नारा तय गरेको हो ।
परिवार दलका अध्यक्ष एकनाथ ढकालले महानगरपालिका, नगरपालिका र गाउँपालिकामा आफ्ना उम्मेदवारलाई विजयी गराउन अपील पनि गरेका छन् ।
धेरै भन्दा धेरै उम्मेदवार उठाउने जिल्लालाई बिशेष सम्मान एवं पुरस्कृत गर्ने नीति परिवार दलले बनाएको छ ।
परिबार दलका तर्फबाट बिजय हुनेले आफनो क्षेत्रमा एक वर्षमै स्थानीय तहको अनुहारमा परिबर्तन गर्ने गरी घोषणापत्रमार्फत योजना प्रस्ताब गरेको छ ।
नेपाली जनताको एकता जिन्दावाद, समाबेशी बिकासको काम साचोमा मतदान, स्थानीय तहमा नमूना काम साचोमा मतदान, अग्रमपन्थी लोकतन्त्र जिन्दाबाद टोलटोलमा इन्टरनेट, घरघरमा फोनको सेट, वडा वडामा लाइब्रेरी, टोलटोलमा शान्तिपार्क जस्ता नाराहरू परिवार दलले तयार पारेको छ ।
जनतालाई छिटो छरितो ढंगले सेवा दिने, घरघरमा रोजगारीको ब्यबस्था गर्ने योजना पनि बनाएको अध्यक्ष ढकालले जानकारी गराए ।











प्रतिक्रिया