८ मंसिर २०८३, मंगलबार

बंगलादेशी प्रधानमन्त्रीको स्वागतमा मोदी, नेपालकी राष्ट्रपतिलाई किन राज्यमन्त्री ?

38.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ४ चैत ।

दृश्य १

पाँच दिने भ्रमणका लागि सोमबार दिउँसो नयाँदिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी महिला तथा बालविकास राज्यमन्त्री (जो भारतको सबैभन्दा कनिष्ट मन्त्री हो) कृष्ण राजले स्वागत गरिन् । जसको नेपालमा निकै आलोचना भइरहेको छ ।

दृश्य २

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले १० दिन अगाडि ७ अप्रिलमा भारत भ्रमणका क्रममा दिल्ली पुगिन् । हसिनालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगे । जसको भारतमा निकै चर्चा भयो । भारतमा पाएको सम्मान देखेर बंगलादेशमा पनि सकारात्मक चर्चा भयो ।

यी दुई दृश्य हेर्दा भारतले आफ्नो मुलुकको भ्रमणमा आउने छिमेकी देशका राष्ट्रप्रमुख र सरकार प्रमुखको स्वागतका लागि फरक मापदण्ड अपनाउने गरेको देखिन्छ । यसलाई परराष्ट्रविद् भारतको हेपाहा प्रबृतिको रुपमा चित्रण गर्छन् ।

यसअघि सन् २००६ को जुन ६ मा चार दिने भ्रमणका सिलसिलामा दिल्ली गएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न तत्कालिन भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह विमानस्थलमा आएका थिए ।

यस्तै, यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा राष्ट्रपति भण्डारी स्वयं उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । त्यति मात्रै होइन् भारतीय राष्ट्रपतिको सम्मानमा सार्वजनिक विदा नै दिइएको थियो ।

तर, बंगाली प्रधानमन्त्रीलाई लिन आफैं विमानस्थल पुगेका मोदी सरकारले नेपालकी राष्ट्रपति भण्डारीलाई अनादर गरेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोकर्ताहरूले भारतीय राष्ट्रपति नेपाल आउँदा नेपालकी राष्ट्रपति नै विमानस्थल पुगेर स्वागत गरेको स्मरण गराउँदै भारतले राज्यमन्त्री पठाएर हेपेको जनाएका छन् ।

कसले के भने ?