८ मंसिर २०८३, मंगलबार

गृहमन्त्री निधिले चुनाव नहुने भनेपछि प्रधानमन्त्रीसंग कड्किए बामदेव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । निर्वाचन नहुन सक्नेबारे गृहमन्त्री बिलेन्द्र निधिले अभिव्यक्ति दिएपछि नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग कड्किएका छन् ।

निधिले निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै स्थानीय चुनावका लागि पर्याप्त हुन नसक्ने अभिव्यक्ति दिएपछि गौतमले प्रधानमन्त्रीलाई फोन गरेर यसबारे बुझेका हुन् । उनले गृहमन्त्री निधीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै चुनावलाई स्थगित गर्ने काममा नलाग्न आग्रह गरेका छन् । उनले प्रचण्डलाई चुनाव नगराउन खोजेको हो भनेर प्रश्न समेत गरेका छन् ।

बामदेवको प्रश्नपछि प्रतिउत्तरमा प्रधानमन्त्री प्रचण्डले आफू मरेपनि चुनाव नरोकिने बताएको एमाले कार्यबाहक अध्यक्ष गौतमले बताए । गृहमन्त्री निधिले सामाजिक सञ्जाल ट्वीटर मार्फत स्थानीय तहको चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रबन्ध मात्रै पर्याप्त नहुने भएकाले त्यसका लागि राजनीतिक व्यवस्थापन आवश्यक रहेको भनेर लेखेका थिए ।