काठमाडौं, ४ वैशाख । संसदमा एक सिट रहेको हरिचरण साह नेतृत्वको नेपाली जनता दल र बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबीच पार्टी एकीकरणलाई लिएर छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित नेपाली जनता दलको संसदीय दलको कार्यालयमा सोमबार भएको वार्तामा पार्टी एकीकरणको सैद्धान्तिक विषयमा छलफल भएको अध्यक्ष साहले जानकारी दिए । ‘पार्टी एकीकरणका लागि नयाँ शक्ति नेपालका नेता आउनु भएको थियो । मैले मेरो पार्टीको धारणा राखेँ’, नेपाली जनता दलका अध्यक्ष साहले भने, ‘उहाँहरूको पनि कुरा सुने । हेरौँ के हुन्छ । मैले पनि पार्टीमा कुरा गर्नुपर्छ ।’
बाबुराम भट्टराईले थरुहट तराई पार्टीको सांसद गंगा चौधरी र नेपाः पार्टीका लक्ष्मणलाल राजवंशीलाई आफ्नो दलमा गाभेपछि अरु साना एक सिटे दलहरूलाई पनि मिसाउन गृहकार्य गरेका छन् । त्यसअन्तर्गत बाबुरामले साहसँग कुरा गर्न आफ्ना दूत सांसद गंगा चौधरी र नेता पाशाङ शेर्पालाई पठाएका हुन् ।











प्रतिक्रिया