गुल्मी । संगित क्षेत्रमा फरक प्रस्तुति दिएर दर्शकश्रोता माझ चर्चा कमाउँदै आएका गायक तथा गीतकार रमेशराज भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ ।
भट्टराईका जति गीत बजारमा आउँछन् सबै सबैको मन मस्तिष्कमा बस्दै आएका छन् । हालै बजारमा आएको ‘बहुला’ नामक गिती एल्वम बजारमा आएको छ । मायाँ प्रेममा आधारित गिति संग्रह ‘बहुला’ मा मायाँ प्रेममा गरिएको बाचा धोका परिणत भएपछी बहुला बनेका कथा बस्तुमा गित तयार गरिएको गायक भट्टराईले बताए ।
लोक दोहोरी क्षेत्रबाट परिचित भट्टराई सुगम संगित तिर निकै चर्चित गायकको रुपमा परिचित छन् । जव मायाँ बस्छ अनि गरिन्छन् अनेकौ बाचा ति बाचा सफल मायाँको रुपमा परिणत नभएको कथा बस्तु गितमा समाबेश गरिएको छ । सुगम संगितमा थुप्रै गितहरु ल्याएर चर्चामा रहेका भट्टराईको पछिल्लो एल्वम पनि उत्तिर्कै चर्चामा रहने आकलन गरिएको छ ।
भट्टराईको आफनै लय शब्द एकल स्वर रहेको गितको हालै बजारमा अडियो मात्र सार्बजनिक गरेका छन् । नयाँ वर्ष बैशाख महिना लगनको शुभ अबसर पारेर सार्बजनिक गितको भिडियो केहि दिनमै तयार हुने भट्टराईले बताए । मायाँ तोडिए पछी बेहुली बेहुला बन्ने योजना असफल भएपछी बहुला भएको मुख्य कथा बस्तु गितमा रहेको भट्टराईले बताए । गितले युवा पिडिसबैको मन जित्नेमा आफु बिश्वस्त रहेको बताए ।
















प्रतिक्रिया