काठमाडौं, १६ असोज । काठमाडौंको बानेश्वर हाइटमा सडकमा हिँडिरहेकी एक महिलाको घाँटीबाटै सुन लुटिएको छ।
बानेश्वर हाइटको पिपलबोट मार्गमा हिँडिरहेकी स्थानीय ५५ वर्षीया उर्मिला बस्नेतले लगाएको साढे ३ तोलाको सुनको सिक्री लुटिएको हो । मोटरसाइकलमा आएका दुई जना सिक्री लुटेर भागेका थिए ।
प्रहरी बृत्त वानेश्वरले घटनाका विषयमा अनुसन्धान जारी राखेको बताएको छ ।















प्रतिक्रिया