१ कार्तिक २०८३, आइतबार

औरही बन्यो एमालेको किल्ला ! रामदेवको पछि लाग्दै सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ वैशाख । धनुषा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रभावशाली नेता डा. रामदेव मिश्रसहित सैयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

आइतबार औरही गाउँपालिकामा आयोजित एमाले सभामा मिश्रसहित पूर्व काँग्रेस गाउँ सचिब दिनेश यादबलगायत साढे ४ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री यदुबंश झा, केन्द्रीय बिभाग सदस्य गंगाराम यादब र धनुषा एमाले अध्यक्ष राजकिशोर यादबले सामूहिक रुपमा अबिरमाला लगाएर स्वागत गरे ।

नवप्रवेशीहरुको तर्फबाट बोल्दै डा. मिश्रले राष्ट्रियतासंगै देश विकासको भिजन भएको एमाले नेता ओली मात्रै भएको बताएका छन् । उनले हिजो पनि एमालेले नै मधेशको विकास गरेको र आगामी दिनमा पनि एमालले नै विकास गर्ने भएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।

युवा संघका सचिवालय सदस्य सन्जीव झाले गाउँका नेता तथा कार्यकर्ता नै एमालेमा प्रवेश भएपछि औरही गाउँपालिका नै अब काँग्रेसमुक्त भएको जानकारी दिए ।