८ मंसिर २०८३, मंगलबार

चौतर्फी विरोध भएपछि शुक्रबारको सार्वजनिक विदा फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । सरकारको चर्को आलोचना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारतबाट फर्कने दिनको दिने भनिएको सार्वजनिक बिदा फिर्ता भएको छ ।

गृहमन्त्रालयले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको विदा फिर्ता लिने निर्णय गरेको हो ।

आजको विदा यथावत रहे पनि शुक्रबारको विदा कटौती गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत आफ्नो विदेश भ्रमणका बेला विदा दिन नपर्ने पक्षमा थिइन् । तर, सरकारले सोमबार र शुक्रबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।