
काठमाडौं, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले चुनाव हुन नसक्ने आशय व्यक्त गरेपछि उनको चर्को आलोचना गर्दै राजीनामा मागिएको छ ।
गृहमन्त्री निधिले निर्वाचन आयोग र सुरक्षा तयारी पर्याप्त नभएको आशय व्यक्त गरेपछि नयाँ तरंग छाएको हो । वरियताको कारण देखाउँदै मन्त्रिपरिषद्को बैठक समेत बहिष्कार गर्दै आएका निधिले आफ्नो आधिकारिक ट्वीटरमा निर्वाचन आयोग र सुरक्षा तयारी पर्याप्त नभएको भन्दै चुनाव सफल पार्नका लागि दलहरुबीच संवाद (छलफल) हुनुपर्ने बताएका छन् । उनको ट्वीटरको आशय अहिलेको तयारी अनुरुप जेठ ३१ गतेमा स्थानीय निकायको चुनाव हुन नसक्ने भन्ने देखिन्छ । कांग्रेसभित्रै जेठ ३१ को चुनाव सार्नुपर्ने बहस चलिरहेको छ भने कतिपय काँग्रेसी नेताहरु दुई चरणमा चुनाव गर्नुपर्ने पक्षमा देखिएका छन् । ठीक यस्तै बेला आएको गृहमन्त्री निधिको धारणाले सर्वसाधारणलाई थप सशंकित बनाइदिएको छ ।
ट्वीटरमा उनको धारणा पढेपछि ट्वीटर र फेसबुकमा उनको चर्को आलोचना गर्दै राजीनामा मागिएको छ । गृहमन्त्रीको कुर्सीमा बसेर लाजमर्दो र गैरजिम्मेवार कुरा गरेको भन्दै ट्वीटर प्रयोगकर्ताहरुले तत्काल राजीनामा दिन सुझाव दिएका छन् । कतिपय निधिले मधेशी मोर्चालाई साथ दिएको आरोप लगाएका छन् भने कतिपय निधिले नगरेर अरुले चुनाव गर्ने भन्दै तत्काल राजीनामा भनेका छन् :
यस्तो छ उनको धारणा र त्यसमाथि सर्वसाधारणको प्रहारः



















प्रतिक्रिया