८ मंसिर २०८३, मंगलबार

खुमबहारदुरलाई ‘नकआउट’ गर्न सिटौलाले गरे यस्तो षड्यन्त्र

19.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई नेपाली राजनीतिबाट सदाका लागि ‘नकआउट’ गर्न सभापतिमा नराम्रोसँग पराजित कृष्णप्रसाद सिटौलाले ठूलो कसरत गरेको खुलासा भएको छ ।

निर्वाचन उम्मेदवारसम्बन्धी कानून बनाउने बेला सिटौलाले संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती, समितिका सदस्य आनन्दप्रसाद ढुंगानासहितका नेताहरूलाई प्रयोग गरेको स्रोतले जनाएको छ ।

सिटौलाले खुमबहादुर कांग्रेसमा रहेसम्म आफूहरूको राजनीति कहिल्यै सुरक्षित नहुनेभन्दै उनलाई रोक्ने गरेर निर्वाचन उम्मेदवारसम्बन्धी कानून बनाउन निर्देशन दिएका थिए । सिटौलाकै निर्देशन र योजनामा एमाले र माओवादी केन्द्रले समेत थाहा नपाउने गरेर निर्वाचन कानूनको स्रोतको भनाइ छ ।

सिटौलाको निर्देशन र योजनामा राज्यव्यवस्था समितिका सभापति घर्तीले कानून मस्यौदा गरेका हुन् । उपसमितिले सो मस्यौदामा छलफल गरेको थियो ।

समितिको पूर्ण बैठकमा सदस्य र पत्रकारहरूलाई समेत वितरण नगरेर निर्वाचनसम्बन्धी विधेयक पारित गरेर संसदमा सिधै पेस गरिएको थियो । संसदबाट पास भएर विधेयक आउँदा खुमबहादुर खड्कासहितका सीमित नेताहरूमाथि लक्षित भएको खुलासा भएको थियो ।

कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पनि खुमबहादुर खड्कासँग डराएर कृष्णप्रसाद सिटौला समूहले कानून बनाउन ठूलो भूमिका खेलेको चर्चा हुन थालेको छ ।

कांग्रेसभित्र ठूलो प्रभाव पार्न सक्ने नेताका रुपमा कहलिएका खुमबहादुर खड्काले १३औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउने ठूलो भूमिका खेलेका थिए । खड्कालाई रोक्ने गरेर ल्याइएको निर्वाचन ऐनका विषयमा देउवाले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेका छैनन् ।

तर, कांग्रेस नेता खुमबहादुर खड्काले आफूलाई कांग्रेसबाट मात्र नभई नेपाली राजनीतिबाटै रोक्नका लागि ठूलो षड्यन्त्र भएको टिप्पणी गर्ने गरेका छन् । कांग्रेसका कृष्णप्रसाद सिटौलासहितका नेताहरू आफूसँग अनावश्यक डराएको आरोप निकटका नेताहरूसँग बताउने गरेको स्रोतको भनाइ छ ।