८ मंसिर २०८३, मंगलबार

बाग्लुङ्गमा एकाबिहानै बस दुर्घटना, १५ जना घाइते

19.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बाग्लुङ, ४ वैशाख । बाग्लुङ्ग जिल्लामा बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

काठेखोला गाउँपालिका– ५ मा सोमबार बिहान ३ बजे ना ६ ख २०६० नम्बरको यात्रुबहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । उनीहरूलाई थप उपचारको लागि धौलागिरी अञ्चल अस्पताल पठाइएको छ ।

अन्य घाइतेको भने प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जनाएको छ ।