१ कार्तिक २०८३, आइतबार

बालकृष्ण ढुंगेल सरकारी गाडीमै सीमापार

83k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेललाई एक साताभित्र पक्राउ गरी थुनामा राख्न आदेश दिएकै दिन उनी सरकारको संरक्षणमा सीमापार पुगेका छन् ।

सर्वोच्चबाट दोस्रो आदेश आउँदा काठमाडौंको तीनकुनेमा रहेका ढुंगेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षाकर्मीको गाडीमा राखेर नेपाल–भारत सीमा क्षेत्र झापाको काँकडभिट्टा लगेर छाड्न निर्देशन दिएकाले उनलाई प्रहरीले नै प्राइभेट गाडीको व्यवस्था गरी सीमा कटाएको बुझिएको छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।

उनी त्यहाँबाट भारतको सिक्किम पुगिसकेको स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न आदेश दिएको थियो । अदालतले नेपाल प्रहरीलाई माओवादी केन्द्रका नेता एवम् पूर्व सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न विशेष संयन्त्र बनाएर भए पनि पक्राउ गर्न आदेश दिएको थियो ।