
काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइरालालाई नियुक्त गरेकी छन् ।
वैदेशिक रोजगारीमा विचौलियाको काम गरेर थुप्रै नेपालीहरूलाई दुःख दिएको आलोचना भएपनि सरकारले कुनै प्रवाह नगरेर कोइरालालाई राजदूतमा सिफारिस गरेको हो ।
संसदीय सुनुवाई विशेष समितिले कोइरालाको नाम अनुमोदन गरेपछि सरकारले राजदूत नियुक्तिका लागि कोइरालाको नाम राष्ट्रपति कार्यालय पठाएको थियो ।
विवादित छविका कोइराला नेपाली कांग्रेसको सिफारिसमा कतारका लागि राजदूत नियुक्त भएका हुन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरेकी छन् । थापा राप्रपाको कोटाबाट राजदूत नियुक्त भएका हुन् ।











प्रतिक्रिया